अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री दाहाललाई भेट्न रवि लामिछाने बालुवाटारमा

प्रधानमन्त्री दाहाललाई भेट्न रवि लामिछाने बालुवाटारमा


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ।

आइतबार साँझ लामिछाने प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुग्नुभएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।

आजै नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएका उहाँ आजै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा मनोनित हुनुभएको थियो ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेका कारण उहाँले सर्वोच्चको फैसलापछि शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पद पनि गुमाउनु भएको थियो ।