काठमाडौं-भूकम्प आउँछ भन्ने हल्ला फैलिएपछि हिउँदको चिसोमा जुम्ला र मुगुमा बासिन्दा रातभर सडकमा बसेका छन् ।
जुम्ला सदरमुकाममा केही मानिसहरू घर बाहिर निस्केर आगो बालेर बसिरहेका हुन् ।
मानिसहरूले दुःख पाएपछि स्थानीय प्रशासनको आदेशमा प्रहरीले भ्रामक सूचना फैलाउने व्यक्तिको खाजी सुरु गरेको छ ।
जुम्लाको माइनस डिग्री कठ्याङ्ग्रिँदो चिसोमा मानिसहरु भूकम्प आउँदै छ भन्ने हल्लाले बाहिर बसेका हुन् ।
भूकम्प आउने कुरा भ्रामक हो भनेर कतिपयले सामाजिक सञ्जालमा सकारात्मक सन्देश पनि दिइरहेका छन् ।
भूकम्प आउँदै छ भन्नेबारे स्थानीय प्रशासनलाई समेत टेलिफोन आइरहेका छन् ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले आफूलाई रातभर फोन आएर हैरान भएको बताउनुभयाे ।
उहाँले यस्तो हल्ला फैलाउने व्यक्तिलाई कारबाही गरिने बताउनुभयाे ।






प्रतिक्रिया