अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाको प्रदेशस्तरीय बैठक तय

रास्वपाको प्रदेशस्तरीय बैठक तय


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थगित भएको प्रदेशस्तरीय विस्तारित बैठकको मिति पुनः तय गरिएको छ । 

सभापतिमा रवि लामिछाने पुनः चयन भएसँगै आइतबार बसेको केन्द्रीय समिति बैठकले माघ २१ प्रदेशस्तरीय विस्तारित बैठक सुरु गर्ने निर्णय भएको प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो । 

बैठकले गण्डकी प्रदेशको पोखरामा २१ माघ, लुम्बिनीको दाङमा २४ माघ, सुदूरपश्चिमको धनगढीमा २६ माघ र कर्णालीको सुर्खेतमा २८ माघमा संगठन विस्तार सम्बन्धी कार्यक्रम गर्ने निर्णय गरेको प्रवक्ता मुलुक ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लामिछानेको नागरिकता अवैध भएको ठहर भएपछि पार्टीले बैठक स्थगित गरेको थियो । तर आइतबार नै लामिछानेले प्रशासनबाट नागरिकता पुनः कायम गराएपछि पार्टीमा कमब्याक गर्नुभएको हो ।