अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाँकेमा युवकले आगो लगाउँदा २ वर्षे छोराको मृत्यु, श्रीमती घाइते

बाँकेमा युवकले आगो लगाउँदा २ वर्षे छोराको मृत्यु, श्रीमती घाइते


बाँके-बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र पत्नीलाई आगो लगाएका छन् । कोहलपुर–१ शत्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त बिकले पत्नी गंगा बिक र २ वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका हुन् । 

बुवाले लगाएको आगोले जलेर प्रिन्सको गएराति नै मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आइतबार राति १ बजे उपचारको क्रममा नाबालकको मृत्यु भएको थियो । गंगा बिकको  नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गंगाको शरीरको करिब २० प्रतिशत भाग जलेको छ ।

आरोपी भानुभक्तलाई दिल्ली जाने बस चढेको अवस्थामा गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ । कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुवेदीले भानुभक्तले एक वर्ष अगाडिदेखि नै श्रीमती गंगालाई कुटपिट गर्ने गरेको जानकारीमा आएको बताइन् ।