काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ ।
बैठकमा यसअघिको प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनलगायत अन्य नेताहरूले प्रस्तुत गरेका प्रतिवेदनबारे छलफल हुनेछ ।
यस्तै बैठकमा राष्ट्रपतिको उम्मेदवार, गृह मन्त्रालय, विभिन्न पार्टीसँगको एकताबारे लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।






प्रतिक्रिया