अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड र काठमाडौँ महानगर प्रमुख साहबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र काठमाडौँ महानगर प्रमुख साहबीच भेटवार्ता


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा महानगरपालिकाले महानगरभित्रका सार्वजनिक सम्पत्ति खाली गर्न चलाइरहेको अभियानबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डलाई महानगरभित्रको सार्वजनिक सम्पत्ति खाली गराउन खोज्दा अवरोध हुने र त्यो अवरोध रोक्न सहयोग गरिदिन नगरप्रमुख शाहले आग्रह गरेको बताइएको छ ।