अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसका सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्याण्डबीच भेटवार्ता

कांग्रेसका सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्याण्डबीच भेटवार्ता


काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डबीच शिष्टाचार भेटवार्ता भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता सकेर नुल्याण्ड सभापति देउवालाई भेट्न उहाँको निवास धुम्बाराही पुग्नुभएकाे हाे । 

भेटमा नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्धका साथै विकास र सुशासनमा सहयोगलाई अझ सुदृढ बनाउने उपायहरूबारे छलफल भएको छ । 

नुल्याण्डले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्ने तालिका छ । उहाँ दुई दिने नेपाल भ्रमणका लागि आइतबार साँझ काठमाडौं उत्रिनुभएकाे थियाे।