काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो।
बैठकमा गृह मन्त्रालयबारे छलफल हुने बताइएको छ।यसअघि गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको भए पनि रावि लामिछानेको नेपाली नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेको थियो।
नागरिकता अवैध भएसँगै लामिछानेले उपप्रधान एवं गृहमन्त्रालयको जिम्मेवारी हट्नु परेको थियो ।
हिजो आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएसँगै उहाँले पुनः गृहमन्त्रीको दाबी गर्नुभएको छ ।






प्रतिक्रिया