विराटचौक – प्रदेश-१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकिङ क्षेत्रको अनुदार नीतिले निजी क्षेत्र थला परेको बताउनुभएको छ।
प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा)को डेस्टिनेसन मार्केटिङ कन्क्लेभमा बोल्दै कार्कीले भन्नुभयो, ‘बैंकको अनुदार नीतिले व्यवसायीले आत्मदाह गर्ने अवस्था आएको छ।’
७-८ प्रतिशत ब्याजदर बढेर १४-१५ पुग्नु राम्रो नभएको भन्दै उहाँले बैंकहरुको अनुदार नीतिले पर्यटन क्षेत्र पनि थला परेको तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘राम्रो पूर्वाधार र कुनै पनि नीतिगत समस्या नहुने हो भने निजी क्षेत्रले आफैं प्रचार गर्छन्। व्यापार गर्छन् । पर्यटन क्षेत्र अगाडि बढ्छ।’
निजी क्षेत्रलाई बैंकको ब्याजदर घटाउन आफ्नो पनि साथ हुने बताउँदै मुख्यमन्त्री कार्कीले बैंककै नीतिले समस्या बढाएको बताउनुभयो।
प्रदेश १ मा ५०-६० किलोमिटरको सडक दूरीमा फरक-फरक हावापानी पाइने भन्दै उहाँले पर्यटनमा त्यसले सहयोग गर्ने औंल्याउनुभयो।







प्रतिक्रिया