अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश तुरुन्तै मध्यावधितिर जान सक्छ: गोकुल बाँस्कोटा

देश तुरुन्तै मध्यावधितिर जान सक्छ: गोकुल बाँस्कोटा


विराटनगर – नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले देश तुरुन्तै मध्यावधितिर जान सक्नै बताउनुभएको छ।

नेकपा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महांसघले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बाँस्कोटाले कुनै पनि अवस्थामा मुलुक मध्यावधी निर्वाचनमा जानसक्ने बताउनुभयो ।

उहाँले नेपालमा राजनीतिक कोर्स परिवर्तन गर्न यस्तो बाह्र-सत्ताइस खेल भयो भने देश दुर्घटनातिर जाने सम्भवना रहेको बताउनुभयो । देश तुरुन्तै फेरि मध्यावधितिर जानुपर्ने अवस्था पनि आउन सक्ने बताउदै उहाँले भन्नुभयो, ‘त्यसलै दलहरूले चेत्नुपर्छ।’

उहाँले चुनावको परिणामलाई हेर्दा कसैको बहुमत नआएकाले अब दलहरूले चेत्नुको विकल्प नै नरहेको बताउनुभयो।

राष्ट्रपति निर्वाचनमा एमालेलाई नसघाए नेकपा माओवादी केन्द्रको भद्रगोल हुने भन्दै उहाँले नेपालको राजनीतिक अवस्था षड्यन्त्रदेखि षड्यन्त्रसम्म र गठबन्धनदेखि गठबन्धनसम्म भएकाले एमालेका उम्मेदवारलाई माओवादीले सघाउने दाबी गर्नुभयो।