अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रविले प्रधानमन्त्रीलाई भन्नुभयो: साँझसम्म गृह मन्त्रालय नपाए सरकार छाड्छौं

रविले प्रधानमन्त्रीलाई भन्नुभयो: साँझसम्म गृह मन्त्रालय नपाए सरकार छाड्छौं


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर रास्वपाका सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए आफूहरु सरकारबाट बाहिरिने चेतावनी दिनुभएको हो । 

रवि लामिछाने निकट स्रोतका अनुसार साँझसम्म प्रधानमन्त्री प्रचण्डले रवि लामिछानेलाई गृह मन्त्रालय दिने निर्णय नगरे सरकारबाट बाहिरिने चेतावनी दिनुभएको थियो । प्रधानमन्त्रीले साँझसम्म निर्णय नलिए सरकारी निवास पनि आजै छाड्ने तयारी रेहेकाे स्रोतले बतायो । 

२०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट वंशजको नागरिकता निकाल्नुभएका लामिछाने रोजगारीको सिलसिलामा अमेरिका पुग्नुभएको थियो । त्यसपछि २०७० फागुन ९ मा अमेरिकी नागरिकता र फागुन २१ मा राहदानी प्राप्त गर्नुभएको थियो । उहाँले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाल नागरिकता ऐनअनुसार उहाँको नेपाली नागरिकता कायम रहेको थिएन । 

गृहमन्त्री रवि लामिछाने गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा चिवतन–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्दा उहाँसँग नेपाली नागरिकता नभएको भन्दै उहाँको उम्मेदवारी नै खारेजी गर्न माग गर्दै अधिवक्ताहरू रविराज बसौला र युवराज पौडेलले रिट दायर गर्नुभएको थियो । रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले पुस ६ मा कारण देखाऊ आदेश जारी गरेको थियो । साथै, अन्तरिम आदेशमार्फत् लामिछानेलाई सांसद्का रूपमा कामकाजमा रोक लगाउन माग गरिएको सन्दर्भमा पुस २२ गते शुक्रबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

त्यसदिन सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि अग्राधिकार दिँदै अन्तिम सुनुवाइका लागि माघ ११ मा पेस गर्न आदेश दिएको थियो । माघ ११ गतेदेखि यस मुद्दाको संवैधानिक इजलासमा भएको बहसपछि शुक्रबार इजलासले नागरिकता अबैध ठहर गर्दै आदेश दिएको हो ।

लामिछानेलाई सर्वोच्चले अनागरिक ठहर गरेसँगै उहाँले आइतबार जिल्ला प्रशासन कार्यलय पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको छ ।  प्रतिनिधिसभामा रास्वपाबाट १९ जना सांसद हुनुहुन्छ ।