काठमाडौं – नेकपा माओवादी केन्द्रले रवि लामिछाने सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालसँगै रहने जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताउनु भएको हो । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता समेत रहेका नेता कृष्णबहादुर महराले भन्नुभयो, ‘फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहने छ।’
रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले उहाँको सांसद पद खारेज गरिदिएको थियो । त्यसपछि उहाँ उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएको थियो ।
गत आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि रविले गृह मन्त्रालय आफैंले पाउनु पर्ने अडान राख्नुभएको छ । उहाँले आज (मंगलबार) विहान प्रचण्डलाई भेटी यस विषयमा छलफल गर्नुभएको थियो। उहाँले गृह मन्त्रालय आफूले नपाए सरकारबाट बाहिरिने समेत जानकारी गराउनुभएको थियो । तर प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैंसँग राखिराख्भनुभएको छ ।






प्रतिक्रिया