अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीलाई भेट्न रवि लामिछाने बालकोटमा

एमाले अध्यक्ष ओलीलाई भेट्न रवि लामिछाने बालकोटमा


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय दिन आनाकानी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मालाई भेट्न बालकोट पुग्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय दिन आनाकानी गरेपछि लामिछाने अध्यक्ष ओलीसँग परामर्शका लागि बालकोट जानुभएको हो ।

आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्नुभएका सभापति लामिछानेले दिउँसो ओलीसँग छलफल गर्नुभएको हो।

माओवादीको आजको बैठकले लामिछानेको मुद्दाको सर्वोच्च अदालतबाट पूर्ण फैसला नआएसम्म गृहमन्त्री कसैलाई नदिन प्रधानमन्त्री प्रचण्डले बताइसक्नुभएको छ । तर, रविलाई नै गृहमा फर्काउन एमाले सकारात्मक देखिएको छ ।