पोखरा । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिनुभएको छ ।
मल्लले पोखरामा मङ्गलवार बसेको बोर्ड बैठकमा राजीनामा दिनुभएको हो । नेपाल टी२० लिगमा फिक्सिङको आलोचनापछि मल्लले राजीनामा दिनुभएको हो ।
२०७६ असोज ११ मा क्यानको निर्वाचनबाट उहाँ केन्द्रीय सदस्यमा नियुक्त हुनुभएको थियो ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि एक वर्ष अघि कार्यवाहक सचिवको जिम्मेवारी मल्लले पाउनुभएको थियो ।
मल्लले राजीनामा दिएसँगै क्यानका कार्यवाहक सचिवको जिम्मेवारी केन्द्रीय सदस्य दुर्गाराज पाठकले पाउनुभएको छ ।
प्रतिक्रिया