अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री कार्की र प्रधानमन्त्री प्रचण्डबीच प्रदेश १ को नामबारे छलफल  

मुख्यमन्त्री कार्की र प्रधानमन्त्री प्रचण्डबीच प्रदेश १ को नामबारे छलफल  


काठमाडौँ-प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नुभएको छ ।  

बालुवाटारमा भएको भेटमा प्रदेश नाम, प्रदेश सरकारको काम कारबाही र सरकार विस्तारबारे छलफल भएको हो । 

नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता कार्की यही पुस २४ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । कार्कीलाई गठबन्धनमा आबद्ध ४ दलका ६० जना  प्रदेशसभा सदस्यले समर्थन गर्नुभएको थियो ।  

एमालेसहित सत्ता साझेदार दलहरू नेकपा माओवादी, राप्रपा र जसपाका सांसदहरूले कार्कीलाई समर्थन गर्नुभएको हो ।