अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

५ सय रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ-बुधबार नेपाली बजारमा सुनको भाउ ५ सय रुपैयाँले बढेर पुनः १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिन तोलामा ५ सय रुपैयाँले घट्दै १ लाख ५ हजार ८ सय रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज पुनः ५ सय रुपैयाँले वृद्धि भएको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्रै बढ्दै आज प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।