काठमाडौँ – नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले दोलखाका गाउँमा बाँदरले उठिबास लगाएको भन्दै क्षतिको अध्ययन गर्ने र राहतको व्यवस्था गर्न माग गर्नुभएको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसद् रिजालले बाँदरको बढ्दा मान्छेको उठीबास लागेको बताउनुभयो ।
‘दोलखामा बाँदरको प्रकोप बढेको छ। मान्छेहरूले कमाइ खेती छोडेका छन् । त्यहीकारण बसाइँसराइ बढिरहेको छ,’ उहाँले भन्नुभयो, ‘बाँदरको साम्राज्य बढ्दा खेती कमाइ गरिखाने किसानको उठिबास लागेको छ। यसबारे सरकारले अध्ययन टोली बनाओस्, क्षतिको मूल्यांकन गरेर राहतको व्यवस्था गरोस्। संविधानले व्यवस्था गरेको खाद्य अधिकार र बाली बिमाको व्यवस्था गरियोस् ।’
उहाँले संविधानअनुसार बाली बीमाको सुरक्षा गर्नुपर्ने पनि माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘संविधानको भाग ३ को ३६ अनुसार बाली बीमाको सुरक्षा गरियोस् । किसानको बाली जोगाउने उपाय खोजियोस्।’
प्रतिक्रिया