काठमाडौं – प्रतिनिधिसभा सांसद एकनाथ ढकालले सङ्क्रमणकालीन न्यायमा प्रगति हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ।
आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उहाँले विस्तृत शान्ति सम्झौताको सक्कलप्रति कहाँ र कोसँग छ ? भन्दै प्रश्न समेत गर्नुभयो ।
सङ्क्रमणकालीन न्यायको असफलताले गम्भीर परिणाम निम्त्याउन सक्ने भन्दै सरकारको ध्यानाकर्षण समेत गराउनुभयो । उहाँले भन्नुभयो, ‘सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडितहरूबाट ६० हजारभन्दा धेरै उजुरीहरू प्राप्त भएता पनि तर हालसम्म एउटा पनि अनुसन्धान सम्पन्न गर्न सकेको छैन। यस विषयमा सङ्क्रमणकालीन न्यायको असफलताले गम्भीर परिणाम निम्त्याउने सम्भावनाप्रति सचेत रहन र यसलाई उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’
प्रतिक्रिया