अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रघुजी पन्तको प्रश्न: मन्त्रीले नै संविधानको बर्खिलाप गर्दै अभिव्यक्ति दिन मिल्छ ?

रघुजी पन्तको प्रश्न: मन्त्रीले नै संविधानको बर्खिलाप गर्दै अभिव्यक्ति दिन मिल्छ ?


काठमाडौँ – नेकपा एमाले सांसद् रघुजी पन्तले सरकारका मन्त्रीहरू नै संविधान विरोधी अभिव्यक्ति दिइरहेको बताउनुभएको छ।

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले संविधान विपरीत मन्त्रीहरूले संविधान विरोधी अभिव्यक्ति दिइरहेको बतानुभयो। पन्तले भन्नुभयो, ‘सरकारमा सहभागी मन्त्रीहरू नै संविधानको मान्यता विपरीत धर्म निरपेक्षतालाई मान्दिन, संघीयतालाई मान्दिन भन्दै बोलिरहनु भएको छ। संविधान अनुसार शपथ ग्रहण गर्नुभएका मन्त्री ज्यूहरूले संविधान विपरीत बोल्नै मिल्दैन।’

संविधानका आधारभूत संरचनामै प्रधानमन्त्री र मन्त्रीज्यूहरु बाँझिनु लोकतन्त्रका लागि राम्रो संकेत नभएको उहाँले बताउनुभयो।

उहाँले यो सरकारमा हाम्रो पार्टीको महत्वपूर्ण भूमिका रहेको भन्दै संविधानको बर्खिलापमा नजान सरकारमा सहभागी मन्त्रीलाई आग्रह गर्नुभयो। उहाँले धर्मको सहिष्णुतालाई जोगाउनुपर्ने बताउनुभयो।

सांसद पन्तले अहिलेको सरकार संयुक्त सरकार भएकाले न्यूनतम साझा कार्यक्रमलाई आधार बनाएर सञ्चालित हुनुपर्ने बताउनुभयो ।