काठमाडौं – नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेश राजधानी गोदावरीमा तोकिए पनि हालसम्म कुनै पूर्वाधार बन्न नसकेको भन्दै सम्बन्धित निकायको ध्यानाकषर्ण गराउनुभयो ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले भन्नुभयो,’भोगाधिकार किन रोकिएको हो रु सुदूरपश्चिमले राष्टिय गौरवको कुनै पनि योजना पाउन सकेन ।’ उहाँले सुदूरपश्चिमको मेडिकल कलेजमा घाँस उम्रिएको भए पनि सञ्चालनका लागि ठोस् पहल नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
संविधानमा हस्ताक्षर गर्ने सबैको कर्तव्य यसको रक्षा गर्नुभएको उहाँको भनाइ थियो । नेता बलायरले व्यवसायी पीडित हुने, बैंक नाफामा जाने अवस्थाको अन्त्य हुनुपर्ने, थारुका समस्या समाधान हुनुपर्नेलगायत विषयमा आफ्ना धारणा व्यक्त गर्नभयो।
प्रतिक्रिया