अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास

बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास


बागलुङ – बागलुङमा एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिक-८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको गरेका हुन् ।

उनले आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । घरमा कोही नभएको मौका पारेर आत्मादाहाको प्रयास गरेका जिसीलाई घाईते अवस्थामा भेटेपछि धौलागिरी अस्पताल बागलुङ ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको धौलागिरी अस्पतालमा समान्य उपचारपछि पोखराको गण्डकी मेडिकल कलेज पठाईएको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत तेज प्रसाद न्युरेले बताउनुभयो ।

आज बिहान करीब ११:३० बजेको समयमा घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी गंगा बहादुर थापाले बताउनुभयो ।