अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परराष्ट्रमन्त्री पौड्यालसँग विभिन्न देशका राजदूतको भेट

परराष्ट्रमन्त्री पौड्यालसँग विभिन्न देशका राजदूतको भेट


काठमाडौं – परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग विभिन्न मुलुकका राजदूतले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। उहाँसँग आज मन्त्रालयमा नेपालका लागि अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र दक्षिण कोरियाका राजदूतहरूले छुट्टाछुट्टै भेट गर्नुभएको मन्त्रालयले जनाएको छ ।

मन्त्री पौड्यालसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापलरले गर्नुभएको भेटमा नेपालमा स्वीस् विकास कोअपरेशनअन्तर्गत सञ्चालित कार्यक्रमका साथै दुई देशबीचको सहकार्यका विभिन्न विषयमा छलफल भएको थियो ।

यसैगरी मन्त्री पौड्यालसँग आजै नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले पनि शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । उहाँहरूबीचको भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा सहकार्य र सहयोगबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।