अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोलखाको कटुवाचौर बजारमा भीषण आगलागी, ९ घर जलेर नष्ट

दोलखाको कटुवाचौर बजारमा भीषण आगलागी, ९ घर जलेर नष्ट


दोलखा-दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भीषण आगलागी भएको छ । आगालीबाट बजार क्षेत्रका ९ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।  

आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेढाई, दुर्गा दाहाल, चित्र प्रसाद सेढाई, स्वस्तानी खड्का, शंकर ओली, पुस्कर ओली, रुद्रबहादुर ओली, गोपिलाल थामी,कमला खाती , राम बहादुर थामीको घर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । गएराति ११ बजेदेखि लागेकोआगो अझै नियन्त्रणमा आउन नसकेको कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज ओलीले जानकारी दिनुभयो ।

रुद्र बहादुर ओलीको घरबाट आगलागी सुरु भएको बताइएको छ । विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरिएको छ । 

प्रहरी, स्थानीय र दमकलको टोलीले आगो निभाउने प्रयास गरिरहेको छ । आगलागीबाट करोडौंकोक्षति भएको छ भने धेरै पशुचौपाया पनि मरेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।