अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने  

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने  


काठमाडौं-नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ ।

पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको संसदीय दल कार्य समिति बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

माघ २३ गते राष्ट्रियसभा उपाध्यक्षको चुनाव हुँदैछ । उपाध्यक्षमा उम्मेदवार दिने र अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयाे ।

त्यस्तै कार्य समिति बैठकले माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ ।