काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताउनुभएको छ ।
आफू अभिमन्यु नभएको बताउँदै उहाँले सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानून बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । त्यससँगै उहाँ उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको पदबाट पनि मुक्त हुनुभएको थियो । तर आइतबार उहाँले पुनः नागरिकता लिने प्रक्रिया पूरा गर्नुभएको थियो ।






प्रतिक्रिया