काठमाडौं – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ।
बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिनुभयो ।
बैठमा सरकारमा सहभागी भएर पनि जनताका पक्षमा काम गर्न नसकेको विषयमासमेत छलफल हुने उहाँले जानकारी दिनुभयो।
पार्टी सभापति रवि लामिछानेले आजै फेसबुकमा स्टाटस लेख्दै आज आफ्नो मौनताको अन्तिम दिन भएको बताउनु र उता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि रास्वपालाई गृहमन्त्री दिन इन्कार गरिरहेको अवस्थामा बस्न लागेको रास्वपाको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।






प्रतिक्रिया