अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसद चौधरी पक्राउ परेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने रन्जिताको घुर्की

सांसद चौधरी पक्राउ परेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने रन्जिताको घुर्की


काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेसँगै अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारले थारूहरूलाई मात्र अपराधी देखेको भन्दै आक्रोश पोख्नुभएको छ।

फरार प्रतिवादीको सूचीमा रहेका चौधरी पक्राउ परेसँगै उहाँले सरकारले थारुहरुलाई मात्र अपराधी देख्ने गरेको आरोप लगाउनु भएको हो ।

आज  सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नुभएको छ,‘ अपराधी थारूहरूलाई मात्र देख्‍ने सरकार तिमीलाई हाम्रो समर्थन चाहिँदैन रहेछ !’

चौधरीलाई प्रहरीले बाँकेबाट बिहीबार पक्राउ गरेको छ । पक्राउ परेका चौधरी संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेर कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । 

२०६६ सालमा ट्याक्टरमा आगो लगाएको आरोपमा जिल्ला अदालत कैलालीले उहाँलाई ६ महिना कैद सजाय र आठ लाख १९ हजार रुपैयाँ बिगो भराउने फैसला गरेको थियो । जिल्ला अदालत कैलालीले २०७० वैशाख ९ गते यस्तो फैसला गरेको थियो ।

कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो । ट्याक्टरधनी मोतीपुरका महादेव बजगाईंले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए ।