अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बसुन्धरामा रास्वपाको बैठक सुरू

बसुन्धरामा रास्वपाको बैठक सुरू


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक सुरु भएको छ।

बिहीबार अपरान्ह ५ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको हो।

पार्टी प्रवक्ता एवम् महामन्त्री डा. मुकुल ढकालका अनुसार केन्द्रीय कार्यालय बसुन्धरामा संयुक्त बैठक बसिरहेको छ।

सभापति रवि लामिछानेलाई गृह मन्त्रालयमा फर्काउन चाहेको रास्वपाले प्रधानमन्त्री प्रचण्ड त्यसमा सकारात्मक नभएपछि असन्तुष्टि जनाएको छ । यसका साथै अब सरकारमै रहिरहने या बाहिरिने भन्नेबारे केन्द्रीय समिति बैठकले आवश्यक निर्णय गरेर संसदीय दलले पनि सोही अनुसार अनुमोदन गर्ने तयारी भएको छ ।