अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तत्काल सत्ता समीकरण फेरबदल हुँदैन: प्रधानमन्त्री प्रचण्ड

तत्काल सत्ता समीकरण फेरबदल हुँदैन: प्रधानमन्त्री प्रचण्ड


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सत्ता समीकरण फेरबदल नहुने बताउनुभएको छ। बिहीबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नदिनेसमेत बताउनु भएको छ। उहाँले भन्नुभयो, ‘राजनीतिक समीकरण फेरबदल हुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनु हुँदैन मैले बुझेसम्म,बाहिर निस्कने निर्णय गर्दैन।’

उहाँले बाहिर आएजस्तो राजनीतिक समीकरण फेरबदल नहुने स्पष्ट पार्नुभयो। आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबारका लागि सरेको छ।