काठमाडौँ-प्रतिनिधि सभा सदस्यहरूलाई आज पनि निरन्तरता दिइने भएको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा हिजोबाट सुरु भएको अभिमुखीकरण आज पनि दिइन लागेको हो ।
प्रतिनिधिसभामा विजयी भएका सांसदहरू के कसरी बैठक र समितिको बैठकमा सहभागी हुने तथा यसका मान मर्यादाका बारेमा अग्रजहरूले जानकारी दिने तथा अनुभव साटने कार्यक्रम रहेको छ ।
जसअनुसार आइतबारको अभिमुखीकरण कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, खिमलाल देवकोटालगायतले आ आफ्ना अनुभव साटेका थिए ।
आज पूर्व अर्थमन्त्री युवराज खतिवडा, नेपाल कानुन आयोगका पूर्व अध्यक्ष माधवप्रसाद पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेती, संसद् सचिवालयका सचिव रोजनाथ पाण्डेलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
संसद् सचिवालयको आयोजनामा भएको कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई सांसदबारे जानकारी गराइनेछ।






प्रतिक्रिया