अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमकमा बहुप्राविधिक शिक्षालयको आज अध्यक्ष ओलीले शिलान्यास गर्नुहुँदै

दमकमा बहुप्राविधिक शिक्षालयको आज अध्यक्ष ओलीले शिलान्यास गर्नुहुँदै


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको दमकमा चार वटा प्राविधिक विषयमा पढाइ गर्न नयाँ प्रशिक्षण केन्द्रको आज शिलान्यास गर्दैहुनुहुन्छ । । दमक बहुप्राविधिक शिक्षालय स्थापना गरेर यहाँबाट प्रत्येक तीन वर्षमा १ सय ९२ जना नयाँ प्राविधिक उत्पादन गर्ने लक्ष्य रहेको छ । यो प्रशिक्षण केन्द्र दमक ४ मा स्थपना निर्माण

पछिल्लो समय प्राविधिक शिक्षामा सबैको चासो र आकर्षण समेत बढ्न थालेपछि दमकमा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद अर्थात सिटिइभिटी अन्तर्गतको शिक्षालय खुल्न लागेको हो ।

दमककालागि चार वटा विषय अध्यापन गराउँन स्विकृत भइसकेको शिक्षालयका प्राचार्य ठाकुर भट्टराईले जानकारी दिनुभयो ।

‘सिभिल इन्जिनियर, अटो मोवाईल, रेफ्रि जेरेसन एण्ड इयर कण्डिसन र मेकानिकल विषय पढाउँन सिटिइभिटि सानोठिमीबाट स्विकृत भइसकेको छ । ’ प्राचार्य ठाकुरले उज्यालो खवरसँगको कुराकानीमा जानकारी दिनुभयो ।

यहाँबाट दमक सहित यस क्षेत्रमा आवश्यक पर्ने केहि प्राविधिक जनशक्तिको अभावलाई टार्ने अपेक्षा गरिएको छ ।