अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पक्राउ परेका सांसद चौधरीलाई कैलाली अदालतमा पेस गरियो

पक्राउ परेका सांसद चौधरीलाई कैलाली अदालतमा पेस गरियो


काठमाडौँ । बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक अरुणकुमार चौधरीलाई प्रहरीले जिल्ला अदालत कैलालीमा पेस गरेको छ ।

फरार प्रतिवादीको सूचीमा रहेका चौधरीलाई बिहीबार पक्राउ गरेर  काठमाडौँ ल्याएर धनगढी लगिएको थियो।

आगजनी मुद्दामा दोषी ठहर फरार रहेका प्रतिवादी चौधरी गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट सांसद पद जितेका थिए ।

लु २ त २११ नम्बरको ट्याक्टरलाई चिसापानीस्थित गोरांगा खोलाबाट ढुंगा लिएर फर्किने क्रममा सांसद अरुण चौधरी लगायतले चालकमाथि कुटपिट तथा ट्याक्टरमा आगो लगाएका थिए। त्यसविरूद्ध मुद्दा दर्ता भई अदालतबाट आदेश भएको थियो।

अदालतले चौधरीबाट आठ लाख १९ हजार ४२३ रुपैयाँ असुल्न आदेश दिएको थियो।