अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारी झापाले आज पाँचजना अग्रज पत्रकारलाई सम्मान गर्ने

प्रेस चौतारी झापाले आज पाँचजना अग्रज पत्रकारलाई सम्मान गर्ने


बिर्तामोड – प्रेस चौतारी नेपाल झापाले आज जिल्लाका अग्रज पत्रकारमध्ये पाँच जनालाई सम्मान र एक जनालाई अभिनन्दन गर्ने भएको छ ।

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा अभिनन्दन एवम् अग्रज पत्रकार सम्मान गर्न लागेको संगठनका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक प्रदीप परियारले जानकारी दिए ।

प्रेस चौतारी झापाका प्रथम अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन र अग्रज पत्रकारहरु नकुल काजी, गोविन्दचन्द क्षेत्री, केशव आचार्य, माधव विद्रोही र स्व.माया पकुवाललाई सम्मान गर्ने परियारले जानकारी दिनुभयो । पकुवाललाई मरणोप्रान्त सम्मान गरिने भएको हो ।

झापाको पत्रकारिता क्षेत्रलाई उचाईमा पुर्याउन योगदान पुर्याए वापत उहाँहरुलाई सम्मान र अभिनन्दन गर्न लागिएको चौतारी झापाका अध्यक्ष मनकुमार गदालले जानकारी दिनुभयो । गदालका अनुसार उहाँहरुलाई स्थापना दिवसको अवसर पारेर आज विर्तामोडमा एक समारोहबीच सम्मानित गरिनेछ ।

बिर्तामोडस्थित हेवन वाटर पार्कमा आयोजना हुने समारोहको प्रमुख अतिथिको रुपमा प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कार्की आउनु हुने संगठनका सचिव प्रकाश पौडेलले जानकारी दिए ।