अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको मातृपार्टी नेकपाको त्यो पहिलो महाधिवेशन

एमालेको मातृपार्टी नेकपाको त्यो पहिलो महाधिवेशन


काठमाडौं -अहिलेको नेकपा एमालेको मातृसंस्था नेपाल कम्यूनिष्ट पार्टी पहिले कस्तो थियो होला ? यसको पहिलो महाधिवेशन कहिले कहाँ र कसरी भएको थियो होला भन्ने जिज्ञासा धेरैलाई हुनसक्छ । पहिलो महाधिवेशनले महासचिवमा मनमोहन अधिकारीलाई चयन गरेको थियो । पहिलो महाधिवेशनले चयन ग।रेको नेकपाको केन्द्रीय कमिटी यस्तो थियो ः
नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशन २०१० माघ १० गते तद्नुरुप ३० जनवरी १९५४ मा भूमिगत रुपमा पाटन, ललितपुरमा उद्घाटन भई १० दिनसम्म काठमाडौँमा सञ्चालन भएको थियो । महाधिवेशनले २००७ सालको आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढ्ने सम्बन्धमा महत्वपूर्ण निर्णयहरु गरेको थियो ।

पहिलो महाधिवेशनले मनमोहन अधिकारीलाई पार्टीको महासचिव चयन गरेको थियो । पहिलो महाधिवेशनले १५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो । जसमा महासचिव अधिकारी सहित ६ जना सदस्य मोरङका थिए ।

नेपाल कम्युनिस्ट पार्टी प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी २०१० माघ, १३–१७, ग्वाबहाल, पाटनमा भएको थियो ।