काठमाडौ- नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले घरमा लास उठाउने मान्छे नै नहुने कस्तो गणतन्त्र भनेर प्रश्न गर्नुभएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रसाईंले गणतन्त्रलाई नेपालका केही नेताले आफ्नो अनुकुल व्याख्या गर्दा १ करोड नेपाली देश बाहिर जानु परेको बाध्यता आइलागेको बताउनुभयो । गणतन्त्रले जनताका दुखमा साथ दिनुपर्नेमा राजनीतिको आडमा अवैद्य र दलालीतन्त्र फस्टाएको बताउनुभयो । ‘३ करोड जनसंख्यामा १ करोड देश बाहिर छ,१ करोड राजनीतिका नाममा अनेकौ गलत धन्धामा छन् अनि १ करोड बुढाबुढी र केटाकेटी छन्’ प्रसाईंले भन्नुभयो ‘त्यसले गर्दा यो गणतन्त्रमा सुधार नभएसम्म देश र जनताले सुख पाउदैनन् ।’
मेडिकल व्यावशायी समेत रहेका प्रसाईंले गणतन्त्र ल्याउने नाममा प्रचण्डले २०५२ सालमा शिक्षकलाई मारेर पटका पट्काएर मान्छे आंतकित पारेको बताउनुभयो । ‘जनयुद्धको अवधीमा १० वर्षमा १७ हजार मान्छे मारे’ प्रसाईंले भन्नुभयो ‘मेरा पूर्व अध्यक्ष र अहिलेका प्रधानमन्त्रीले थालेको गणतन्त्रको बाटो अहिले कहाँ पुगेको छ सबैलाई थाहा छ होला नि ।’
प्रसाईंले प्रेम प्रसादको जीउमा पेट्रोल हाल्ने स्थिती राजनीति र बैंकले बनाएको बताउनुभयो । प्रसाईंले बैंकहरुले अनावश्यक दुख दिएर आत्मदाहको बाटोमा नेपालका धेरै युवाहरु लाग्ने बताउनुभयो । ‘बैंकले बाख्रो किन्ने पैसा ऋण दिन्छ अनि हाती किन्न पैसा फिर्ता लान्छ’ प्रसाईंले भन्नुभयो ‘यो अवस्थाको अन्त्य नभएसम्म नेपाल उँभो लाग्दैन ।’
प्रसाईंले आगामी फागुन १ गते मेची पुलबाट राष्ट्र,धर्म र संस्कृति संरक्षणका लागि मेची महाकाली महाअभियानको थालनी गर्ने घोषणा गर्नुभएको छ ।






प्रतिक्रिया