अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपक्षी दलबाट राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार भोलि टुंगो हुने

विपक्षी दलबाट राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार भोलि टुंगो हुने


काठमाडौं – प्रतिपक्षी दलहरूले राष्ट्रिय सभाको उपाध्यक्षका उम्मेदवार आइतबार बिहानसम्म टुंगो लगाउने भएका छन्।

आज सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालमया आयोजित विपक्षी दलहरूको बैठकले राष्ट्रियसभाको उपाध्यक्ष पदमा विपक्षी दलका तर्फबाट भोलि बिहानसम्म उम्मेदवार तोक्ने निर्णय गरेको हो।

राष्ट्रियसभा उपाध्यक्ष चयनका लागि यही माघ २३ गते निर्वाचन हुँदैछ।

विपक्षी दलहरूको बैठकपछि कांग्रेस संसदीय दलको प्रमुख सचेतक रमेश लेखकले भन्नुभयो, मूलतः राष्ट्रियसभा उपाध्यक्षका विषयमा सल्लाह भयो, भोलि बिहानसम्म निर्णय गर्छौं।’