काठमाडौं – नेकपा एकीकृत समाजवादीको पाँचौं केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ।
ललितपुरको बालकुमारीमा शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक भोलि आइतबारसम्म जारी रहनेछ ।
आजको बैठकमा अध्यक्ष नेपालले २५ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गर्नुभएको हो। उहाँले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा विभिन्न राजनीतिक आयामहरुको बारेमा चर्चा गरिएको छ। जसमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थिति र राजनीतिक शक्तिहरु र विगत कार्ययोजना कार्यान्वयनको समीक्षा लगायतका विषय उल्लेख छ।






प्रतिक्रिया