अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीको स्थायी कमिटी बैठक सुरु

माओवादीको स्थायी कमिटी बैठक सुरु


काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने लगायतका विषयमा छलफल हुने छ । यस्तै केन्द्रीय विभाग बाँडफाँडको टुंगो लगाउने तयारी पनि माओवादीले गरेको छ।

रास्वपाले बिहीबार नै सरकार छाडने संकेतका बिचमा बैठक बोलाइए पनि प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्तताको कारण छोटो समयमा नै बिहीबार स्थगित हुन पुगेको थियो ।

रवि लामिछाने नेतृत्वको पार्टीले आजसम्म गृह मन्त्रालय टुङ्गो लगाउन अल्टिमेटम दिएको छ । जसरी पनि गृह मन्त्रालय आफूले पाउनुपर्ने लामिछानेको जोड छ । माओवादीको बैठकमा यो विषयसँगै नेताहरूको जिम्मेवारी बाँडफाँटको विषयमा पनि छलफल हुनेछ ।