अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेले ‘विशेष पत्रकार सम्मेलन’ गर्दै, भन्नुभयो-सिधाकुरा नगरेको धेरै भएछ

रवि लामिछानेले ‘विशेष पत्रकार सम्मेलन’ गर्दै, भन्नुभयो-सिधाकुरा नगरेको धेरै भएछ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘विशेष पत्रकार सम्मेलन’ गर्नुहुने भएकाे छ । 

आज पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि उनले विशेष पत्रकार सम्मेलन गर्नुहुने भएको हो ।

‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै  पार्टी कार्यालयबाट आज  म विशेष पत्रकार सम्मेलन गर्दैछु । सिधाकुरा नगरेको धेरै भएछ’, लामिछानेले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बिहान साढे ११ बजेपछि पार्टी कार्यालयमा बस्दैछ । बैठकले सरकारमा रहने कि नरहने भन्नेबारे निर्णय लिने बताइएको छ ।