काठमाडौं – राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य उर्मिला अर्यालले उम्मेदवारी दिँदैहुनुहुन्छ ।
राष्ट्रिय सभा उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेपछि उहाँ सम्भवतस् निर्विरोध निर्वाचित हुने सम्भवना छ।
उहाँले आफूलाई माओवादी केन्द्रले राष्ट्रिय सभा उपाध्यक्षमा उठाउने निर्णय गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको संसदीय दलको बैठक साढे १२ बजे बस्दैछ। त्यसैले दिउँसो पौने २ बजेसम्म उम्मेदवारी दर्ता हुन्छ होला।’






प्रतिक्रिया