काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय लिनेगरी पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेर अघिदेखि बैठक बसेको हो।
पार्टी सभापति रवि लामिछानेले पार्टी बैठकबाट ठोस निर्णय आउने बताउनुभयो। यसै सन्दर्भमा, उहाँले आजै विशेष पत्रकार सम्मेलन पनि गर्ने बताउनुभयो । यसअघि शनिरबा राति ११ बजेसम्म बसेको बैठक विनानिश्कर्ष सकिएको थियो। आइतबार बिहान रविले प्रधानमन्त्री प्रचण्डलाई भेट गर्नुभएको थियो।
गृह मन्त्रालय पाउनुपर्ने अडान राखेको रास्वपालाई भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेपछि रास्वपामा यसबारे छलफल भइरहेको छ।
शनिबार राति बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा राष्ट्रपति निर्वाचन र उपनिर्वाचनको मिति घोषणा नभएसम्म सरकार छाड्न नहुने ब्रिफिङ सभापति लामिछानेले गर्नुभएको थियो।






प्रतिक्रिया