काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको हालत सुनको बाला देखाउने बुढो बाघ जस्तै भएको टिप्पणी गर्नुभएको छ ।
आज संसदमा विशेष समय लिएर बोल्दै ओलीले कांग्रेसले राष्ट्रपति, सभामुख जस्ता पदमा खिचलो गर्न खोजेको आरोप लगाउनुभयो। कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतलाई सरकारमाथिको विश्वास भन्न नसकिने उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले बुढो बाघको कथा सुनाउनुभयो । उहाँको कथा यस्तो छ- ‘एउटा बाघ बुढो भएछ। यसले एउटा महिलालाई झम्टिएर मारेछ । उनले सुनको बाला लगाएको रहेछ । त्यो बाला त बच्यो। बाघ बाहिर हिड्न छोडेपछि गुफाबाट बाला देखाउँदो रहेछ, ए नानी यो बाला लैजाउ न । मलाई काम छैन, तिमीलाई कति सुहाउँछ हेर त भन्दो रहेछ । कोही नजिक गएर फ्याकिदिनुस् भन्यो भने हातैबाट दिन मन छ बा भन्छ । नजिकै गयो भने यताबाट झ्याप्प पार्छ ।’
अध्यक्ष ओलीले भन्नुभयो, ‘साथीहरु बाला देखाइरहनु भएको छ।’
प्रतिक्रिया