अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रलाई अस्थिरतातर्फ हिडाउन खोजेर कसैको हित हुँदैन : अध्यक्ष ओली

राष्ट्रलाई अस्थिरतातर्फ हिडाउन खोजेर कसैको हित हुँदैन : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रलाई अस्थिरतातर्फ हिँडाउन खोजेर कसैको पनि हित नहुने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै ओलीले वृहत्तर राष्ट्रिय हितमा काम गर्नका लागि कांग्रेससँग आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘मेरा मित्र एवं कांग्रेस सभापति शेरबहादुर देउवाजीलाई म आग्रह गर्न चाहन्छु, हामी वृहत्तर राष्ट्रिय हितमा काम गरौं। राजनीतिक स्थिरताका लागि योगदान गरौं। अनिश्चय र अस्थिरताको बिउ स्वयंका लागि प्रतित्युप्पदाक हुनसक्छ भन्ने बुझौं। कोही पनि जालन्धर नबनौं। स्वस्थानीको सिजन छ नि।’

उहाँले २०५२, ०५८ र २०७२ का अनुभवलाई सम्झनपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘कम्तिमा पनि २०५२, २०५८ र २०७२ का अनुभव हामीसँग छ। अब राष्ट्रलाई अस्थिरतातर्फ हिडाउन खोजेर हित हुँदैन। हित हुन्छ केवल धमिलो पानीमा माछा मार्न पल्केकाहरुको। लोकतन्त्र व्यक्ति र दलविशेषका लागि होइन।’