अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारबाट बाहिरिने रास्वपाको निर्णय

सरकारबाट बाहिरिने रास्वपाको निर्णय


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ । सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले कठोर निर्णय लिएको हो ।

आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो ।  नेताहरुका अनुसार मन्त्रीहरुलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय भएको छ । सरकारबाट बाहिरिने निर्णयपछि रास्वपाबाट मन्त्री बनेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशीर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की पनि फिर्ता हुने भएका छन्।

आजको निर्णयले रास्वपाको सत्तायात्रा अल्पायूमै टुंगिएको छ ।