काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका दुई मन्त्री र एक राज्यमन्त्रीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउने भएका छन्। पार्टीको बैठकपछि सभापति रवि लामिछानेले पत्रकारहरूलाई सो जानकारी दिनुभएको हो।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने तर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको थियो। यससँगै रास्वपाबाट मन्त्री बनेका डोलप्रसाद अर्याल र शिशिर खनाल तथा राज्यमन्त्री डा. तोसिमा कार्कीले आज राजीनामा दिने भएका हुन्।
अर्याल श्रममन्त्री, खनाल शिक्षामन्त्री र कार्की स्वास्थ्य राज्यमन्त्री हुनुभएको थियो ।






प्रतिक्रिया