अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचन नजितेसम्म कुनै पदमा जान्नँ : रवि लामिछाने

उपनिर्वाचन नजितेसम्म कुनै पदमा जान्नँ : रवि लामिछाने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचन नजितेसम्म आफू कुनै पनि पदमा नजाने बताउनुभएको छ।

उहाँले पत्रकार सम्मेलन गरेर यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘म र प्रधानमन्त्रीबीच भएको कुराकानी कसले भनेको छ ? म उपनिर्वाचन नजितेसम्म कहीँ जान्न, भौतिक पूर्वाधार मन्त्रालय मैले मागेको छैन ।’

सरकारबाट बाहिरिने, तर समर्थन कायमै राख्ने पार्टीको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लामिछानेले बताउनुभयो । उहाँले सञ्चारमाध्यमहरुले आफूलाई निरन्तर खेदेको भन्दै आक्रोश समेत पोख्नुभयो ।