काठमाडौं – नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेका उम्मेदवार नै राष्ट्रपति बन्ने बताउनु भएको छ ।
उपमहासचिव गुरुङले एमालेलाई राष्ट्रपति दिने सहमति सत्तारुढ दलहरुबीच भइसकेको उल्लेख गर्नुहुँदै अझ राष्ट्रिय सहमति जुटाउन पहल गर्ने बताउनुभयो ।
‘गठबन्धनभित्रकैबाट राष्ट्रपति हुन्छ जो भए पनि, गठबन्धनभित्रको सहमति एमालेलाई राष्ट्रपति दिने हो। त्यसैमा राष्ट्रिय सहमतिको खोजी गर्ने हो। राष्ट्रपति एमालेभित्रैबाट हुन्छ ।’
उपमहासचिव गुरुङले सत्तारुढ दलहरुले राष्ट्रपतिमा कांग्रेसलाई मतदान गर्ने सम्भावना नरहेको बताउनुभयो।






प्रतिक्रिया