अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजीनामा बुझाएका रास्वपाका ३ मन्त्रीहरूले आज पत्रकार सम्मेलन गर्दै

राजीनामा बुझाएका रास्वपाका ३ मन्त्रीहरूले आज पत्रकार सम्मेलन गर्दै


काठमाडौं-राजीनामा बुझाएका रास्वपाका ३ मन्त्रीहरूले पत्रकार सम्मेलन गर्नुहुने भएको छ ।  आज दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा उहाँहरूले पत्रकार सम्मेलन गर्नुहुने भएको हो । 

आइतबार रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष हिजो राति राजीनामा बुझाउनुभएको थियो ।   

रास्वपाले आइतबार नै सरकारबाट बाहिरिने निर्णय गरेको थियो भने सरकारलाई दिँदै आएको समर्थन भने कायमै रहने बताएको छ ।