काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई विशेष सम्बोधन गर्नुहुने भएको छ ।
माघ २७ गते राष्ट्रपतिले संयुक्त सदनमा सम्बोधन गर्ने तय भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव सागर आचार्यले जानकारी दिनुभयो ।
दुई कार्यकाल सकिन लाग्दा राष्ट्रपति भण्डारीले दुवै संसद्लाई संयुक्त रूपमा विशेष सम्बोधन गर्न लाग्नुभएको हो । राष्ट्रपति भण्डारीको कार्यकाल २८ फागुनमा सकिँदै छ ।
निर्वाचन आयोगले २५ फागुनमा राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकाले राष्ट्रपतिको यो बिदाइ सम्बोधन हो ।
उहाँले नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई सम्बोधन गर्नुहुने छ ।






प्रतिक्रिया