काठमाडौं-नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियाप्रति दिएको अभिव्यक्तिको समर्थन गर्नुभएको छ ।
आज बिहान सामाजिक सञ्जालमा लेख्दै उहाँले रविले निस्फिक्री बालेको टिप्पणी गर्नुभएको छ ।
हिजो सत्रकार सम्मेलनमा रविले दिएको अभिव्यक्तिको प्रतिरक्षा र जबाफदेहिता अरूको काम भएको उहाँले बताउनुभएको छ । ‘रविले निष्फिक्री बोले । प्रतिरक्षा र जबाफदेहिता अरूको काम हो । प्रश्न उठेपछि दागा धर्नुभन्दा जवाफ दिनु राम्रो हो,’ बास्कोटाले भन्नुभएको छ ।
पत्रकार सम्मेलनमा रविले नेता बास्कोटाको नाम लिँदै नेपाली मिडियाको गलत रवैयाविरुद्ध बोल्न सक्ने एक मात्र नेताका रूपमा उहाँलाई चित्रण गर्नुभएको थियो ।






प्रतिक्रिया